आइपीएल : राजस्थानमाथि लखनउको रोमाञ्चक जित

२०८२ बैशाख ७, आईतवार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल)मा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ।

जयपुरस्थित सवाइ मानसिंह स्टेडियममा टस जितेर ब्याटिङ गरेको लखनउले १८० रन बनाएको थियो। लखनउले दिएको १८१ रनको लक्ष्य पछाएको राजस्थान रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७८ रन मात्र बनायो।

राजस्थानका लागि ओपनर ब्याटर यसस्वी जैसवालले सर्वाधिक ७४ रनको अर्धशतकीय पारी  खेलेका थिए। उनले ५२ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर वैभव सूर्यवंशीले ३४ रन बनाए । कप्तान रियान परागले ३९ रन बनाउँदा सिम्रोन हेटमायरले १२ रन बनाएछ । ध्रुव जुरेल र शुभम दुबेले क्रमश:६ र ३ रनमा अविजित रहे।

लखनउका लागि बलिङतर्फ आवेश खानले सर्वाधिक ३ विकेट लिए । सार्दुल ठाकुर र एडन मक्रमले १-१ विकेट लिए ‌। त्यसअघि ब्याटिङ गरेको लखनौले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८० रन बनाएको थियो।

लखनउको लागि ओपनर ब्याटर एडन मक्रम र मध्यक्रमका ब्याटर आयुष बढोनीले अर्धशतकीय पारी खेलेका थिए। एडनले सर्वाधिक ६६ रनको पारी खेले। उनले ४५ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। आयुषले ५० रनको अर्धशतकीय पारी खेलेका थिए। डेविड मिलर ७ रनमा र अब्दुल सहमत ३० रनमा अविजित रहे।

बलिङतर्फ राजस्थानका लागि वानिन्दु हसरंगाले सर्वाधिक २ विकेट लिए जोफ्रारचर सन्दीप शर्मा र तुषार देशपाण्डेले १-१  विकेट लिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार