लोकतन्त्र आचरण र कार्यशैलीमा देखिनुपर्छ : गगन थापा

२०८२ बैशाख ११, बिहीबार

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र आचरण र कार्यशैलीमा देखिनुपर्ने बताएका छन्। लोकतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन्।

‘लोकतन्त्र व्यवस्था अनुरूप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वाभाविक भए पनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन सक्दैन। लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनु पर्छ। समावेशी, उत्तरदायी र समुन्नत लोकतन्त्र निर्माणका लागि आजको दिनले हामी सबैलाई थप प्रतिबद्ध र प्रेरित बनाओस्। लोकतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना,’ उनले फेसबुकमा लेखेका छन्।

आज १९औं लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणलगायत विभिन्न कार्यक्रम गरी मनाइँदैछ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले विसं २०५९ जेठ ८ मा विघटित संसद्को पुनःस्थापना गरी आफू देशको कार्यकारी प्रमुखबाट हटेको तथा निरंकुशता पराजय भएको वि.सं. २०६३ वैशाख ११ को स्मरण गर्दै लोकतन्त्र दिवस मनाइने गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार