आज यी जिल्लामा बाढीको जोखिम

२०८३ श्रावण ११, सोमबार

काठमाडौँ : आज सोमबार काठमाडौँसहित देशका २२ जिल्ला र त्यस आसपासका खोला-नदीमा आकस्मिक बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान जारी गरेको बुलेटिनअनुसार ‘आज मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, लमजुङ , कास्की, तनहुँ, बागलुङ, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार