एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए : बास्कोटा

२०८३ श्रावण ११, सोमबार

काठमाडौं : नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्षले गरेको सत्ता गठबन्धनको सहमतिलाई विजय मल्लको नाटक अन्तिम भोजजस्तै भन्दै कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाएको बताउँदै गठबन्धन खोपी सत्ता भत्कने र बन्नेमा मात्रै सीमित भएको जनाएका छन् ।

उनले भनेका छन्, ‘सता समिकरणमा एमाले र माओवादीले देउवालाई पनि जित्ने हैसियत बनाए। खोपी सत्ता किन बन्छन र भत्कन्छन? ती सभाका केही सदस्य र खास नेता बाहेक अरुले सुइँको समेत नपाउने कुरा परम्परा नै बन्यो। हाँडी बोकेर स्वर्ग कि नर्क वतास झै वत्तिएका छन। विजय मल्लको अन्तिम भोज नै त यो हैन होला? अचम्म,लाग्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार