काठमाडौं : प्रहरी प्रधान कार्यालयले १२१ प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा गरेको छ ।
बिहीबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले १२१ डीएसपीको सरुवा गरेको हो । सरुवा सूची अनुसार केही जिल्ला, वृत्त र इलाका प्रहरीहरु समेत हेरफेर भएका छन् ।
प्रहरी वृत्त थानकोटमा एलिजा गिरी, प्रहरी वृत्त नयाँ बानेश्वरमा हरि खतिवडा, प्रहरी वृत्त बालाजुमा ज्ञानबहादुर विष्ट, प्रहरी वृत्त ठिमीमा प्रेमसागर केसी, प्रहरी वृत्त कालिमाटीमा मधुकुमार थापा, चापागाउँमा यमकुमार श्रेष्ठ, कीर्तिपुरमा राजबाबु महर्जन, सातदोबाटोमा रामकुमार यादवलाई सरुवा गरिएको छ ।





