काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन् । सरकार परिवर्तन हुने हल्लाका बीच प्रधानमन्त्रीको यस्तो जवाफ आएको हो ।
शुक्रबार संसद् भवनमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताएका हुन् । आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने उनले बताए । उनले भने,‘अब १४ महनिापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ ।’





