साथीले बोकेको भरुवा बन्दुक पड्किँदा लिम्बूको मृत्यु

२०८२ बैशाख १२, शुक्रबार

काठमाडौं : बाँदर खेदाउने क्रममा साथीले बोकेको भरुवा बन्दुक पड्किँदा सभापोखरी गाउँपालिका–५ खुसीबुङमा एक जनाको ज्यान गएको छ ।

२५ वर्षका कुमार लिम्बूको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) दक्षकुमार बस्नेतले बताए । जंगलमा बाँदर खेदाउने क्रममा अचानक चिप्लिएर लड्दा साथीले बोकेको भरुवा बन्दुकको गोलीले लागेर कुमारको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीको छ । उनको कम्मरमुनीको भागमा गोली लागेको छ ।

घटनाको विषयलाई लिएर दुई जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए । लिम्बूको ज्यान गएपछि सँगै गएका दुई जनाले शुक्रबार बाहबिसे प्रहरी चौकीलाई खबर गरेका थिए । नियन्त्रणमा लिएका दुई जनामाथि अनुसन्धान भइरहेकाले प्रहरीले नाम सार्वजनिक गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार