महिलाको हत्या आरोपमा एकजना पक्राउ

२०८२ बैशाख १४, आईतवार

काठमाडौं : इलाममा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा माई नगरपालिका–४, सिंजालीटारका ४२ वर्षीय शान्तिराम दुलाल छन् ।

सोही ठाउँकी ५२ वर्षीया भूमिका चापागाईंको हत्या गरेको उनीमाथि आरोप छ । शुक्रबार राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । दुलालले खुकुरी प्रहार गर्दा भूमिका गम्भीर घाइते भएकी थिइन् । झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार