काठमाडौं : तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि ललितपुर एफसीले जितेको छ ।
दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरालाई २-१ गोलले हराएको हो । फाइनल खेलमा दर्शकको उल्लेख्य उपस्थिति थियो । च्याम्पियन बनेको ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार पाउनेछ ।
उपविजेता पाेखराले भने ३० लाख रुपैयाँ नगद पुरस्कारमा चित्त बुझाउनेछ ।





