काठमाडौं : सोमबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ७ सय रूपैयाँ कायम भएकोमा आज १४ सय रूपैयाँले घटेर १ लाख ८८ हजार ३ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ९० रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १ हजार ९ सय ७० रूपैयाँ कायम भएको छ ।





