काठमाडौं : तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर भएका छन् ।
गृह मन्त्रालयले आइतबार सीडीओ हेरफेर गरेको हो । मन्त्रालयले तीन जना सहसचिवलाई विभिन्न जिल्लामा पठाएको छ । गृहमा रहेका सहसचिव रामकृष्ण अधिकारीलाई जिल्ला प्रशासन कार्यालय तनहुँ पठाइएको छ । तनहुँका सीडीओ श्यामकृष्ण थापालाई रामेछाप सरुवा गरिएको छ ।
रामेछापबाट राजुप्रसाद पौडेललाई गृह मन्त्रालयमा तानिएको छ । गृहबाट बद्रीनाथ गैह्रेलाई दैलेखको जिम्मेवारी दिइएको छ । दैलेखका प्रमुख जिल्ला अधिकारी नवराज जैसीलाई गृहमा तानिएको छ ।





