अस्पतालको तेस्रो तलाबाट हामफालेका बिरामीको घटनास्थलमै मृत्यु

२०८२ बैशाख १६, मंगलवार

काठमाडौं : सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक बिरामीको मृत्यु भएको छ ।

सोही अस्पतालमा उपचाररत मिर्गौला पीडित कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले दिउँसो आत्महत्या गरेका हुन् । उनी सोमबार डायलाइसिस गराउन भर्ना भएका थिए । श्रीमतीसहित अस्पतालमा भर्ना भएका सिंह केही समयका लागि बाहिर जान भन्दै वार्डबाट निस्किएका थिए ।

तत्काल आकस्मिक कक्षमा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार