२०८२/०८३ को बजेट तथा कार्यक्रममा जलवायुमैत्री अभियानलाई विशेष महत्व दिएका छौँ : मन्त्री ठकुरी

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममा वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारिएको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। नेपालको कार्बन उत्सर्जन लगायतका विषय समेटिएको दुई वर्षे पारदर्शिता प्रतिवेदन अन्तिम चरणमा पुगेको बताए।

आर्थिक वर्ष २०८२-०८३ को बजेट तथा कार्यक्रममा संघीय संरचनाअनुसार संघ, प्रदेश र स्थानीय सरकारमार्फत सञ्चालित वातावरण तथा जलवायुमैत्री अभियानलाई विशेष महत्वका साथ अघि सारेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार