काठमाडौंको फोहोर बोकेर बञ्चरेडाँडा हिँडेका गाडीलाई स्थानीयको अवरोध

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं : काठमाडौं महानगरपालिकाबाट फोहोर बोकेर बञ्चरेडाँडा ल्यान्ड फिल साइट गएका ट्रक नुवाकोटका स्थानीयले रोकेका छन्।

ककनी गाउँपालिका-१ मा सडकमा ढुंगा राखेर स्थानीयले फोहोर बोकेर गएका करिब २ सय गाडी रोकिदिएका हुन्।

बालाजुमा नुवाकोटका स्थानीयले तरकारी बेच्न ल्याएको बेला नगर प्रहरीले धरपकड गरेको आरोपमा उनीहरूले फोहोर बोकेका गाडीलाई बञ्चरेडाँडा जानबाट अवरोध गरेका छन्।

फोहोर बोक्ने गाडी रोकिएपछि दुवै पक्षबीच वार्ताका माध्यमले समस्याको समाधान खोज्ने प्रयास भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार