विद्युत् प्राधिकरणको सम्पत्ति ६ खर्ब ४४ अर्ब

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले शुक्रबार सार्वजनिक गरेको श्वेतपत्रमा उक्त कुरा उल्लेख छ।

प्राधिकरणको वित्तीय अवस्था जानकारी दिँदै कार्यकारी निर्देशक शाक्यले ०८०/०८१ असार मसान्तसम्मको सम्पत्ति ६ खर्ब ४४ अर्ब पुगेको बताएका हुन्। त्यो मध्ये स्थिर सम्पत्ति २ खर्ब ३५ अर्ब रहेको कार्यकारी निर्देशक शाक्यले बताए।

यस्तै प्राधिकरणबाट २ खर्ब २० अर्ब बराबरका आयोजना निर्माणाधीन रहेको पनि उनले बताए। ‘निर्माण सकिएपछि सम्पत्तिमा परिणत हुनेछन्। छिटो परियोजना यथाशिघ्र सम्पन्न गरि प्रतिफल लिनुपर्नेछ,’ शाक्यले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार