७.५ म्याग्निच्युडको भूकम्पको धक्का

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं : अर्जेन्टिनामा शुक्रबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ।

नेपाली समयअनुसार साँझ साढे ६ बजे आसपास उशुआइयाबाट २२२ किलोमिटर दक्षिण ड्रेक प्यासेजमा भूकम्प गएको हो। भूकम्प गएको केही मिनेटपछि नै सुनामीको चेतावनी जारी गरिएको थियो। यसमा मानिसहरूलाई तटबाट टाढा सर्न र उच्च स्थानहरूमा जान सल्लाह दिइएको छ।

अमेरिकी सुनामी चेतावनी प्रणालीले जारी गरेको सन्देशमा भूकम्पको केन्द्रबिन्दुबाट ३०० किलोमिटर भित्रका तटहरूमा खतरनाक छालहरू आउने सम्भावना रहेको उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
2
+1
3
+1
4
+1
2

ताजा समाचार