काठमाडौँ : नेपालको अग्रणी निजी विमान सेवा प्रदायक संस्था बुद्ध एयरको प्रेरणादायी यात्रालाई समेटिएको पुस्तक ‘बाई द बुक’ को औपचारिक विमोचन गरिएको छ। शुक्रबार काठमाडौँमा आयोजित समारोहबिच पुस्तकको सार्वजनिक विमोचन गरिएको हो।
पुस्तकका लेखक वीरेन्द्रबहादुर बस्नेतको बुद्ध एयरको सानो सुरुवातदेखि मुलुककै अग्रणी विमान सेवा कम्पनीसम्मको यात्रा, सपना, सङ्घर्ष र इमानदारितालाई पुस्तकमार्फत उजागर गरेका छन् ।





