काठमाडौं : मनाङमा यार्सागुम्बा जडिबुटी खोज्ने क्रममा भिरबाट लडेर एक युवाको मृत्यु भएको छ ।
मनाङको नार्पाभूमि गाउँपालिका–२ नाम्जेर्खमा यार्सागुम्बा खोज्न गएका धादिङको गङ्गाजमुना गाउँपालिकाका–१ का ३२ वर्षीय आकाश तामाङको भिरबाट लडेर मृत्यु भएको हो । शुक्रबार भिरबाट लडेर मृत्यु भएका तामाङको अहिलेसम्म शव निकाल्न नसकिएको मनाङ प्रहरीले जानकारी दिएको छ ।
चामेबाट कम्तिमा १० घण्टाको पैदल धुरीमा घटनास्थल रहेको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए ।





