काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कांग्रेससँग एमालेको दुईतर्फी सम्बन्ध रहेको बताएका छन् ।
शनिबार जनकपुरमा एमाले धनुषाको ८ औँ जिल्ला अधिवेशन उद्घाटन गर्दै उपाध्यक्ष पोखरेलले अगामी २०८४ को चुनावमा पनि कांग्रेस नै एमालेको मुख्य प्रतिस्पर्धी हुने बताए । ‘राष्ट्रिय राजनीतिमा कांग्रेससँगको दुईतर्फी रिलेशन हामीले बुझ्नुपर्छ । विगतमा छिनछिनमा फेरिने सरकारलाई स्थायित्व दिन कांग्रेससँग मिल्नु परेको छ,’ उनले भने ‘०८४ मा कांग्रेससँगै हाम्रो प्रतिस्पर्धा हुन्छ । यसमा हामी क्लियर हुनुपर्छ ।’
उनले नेपालको कम्युनिस्ट आन्दोलनमा धनुषा जिल्लाको भूमिकाको प्रसंशा गर्दै धनुषा जिल्लाको नाम स्वर्ण अक्षरले लेखिने बताए ।





