सेनाको गाडी दुर्घटनामा तीन सिपाहीको मृत्यु

२०८२ बैशाख २१, आईतवार

काठमाडौँ : आइतबार जम्मु-कश्मीरको रामवन जिल्लामा सेना सवार गाडी सडकबाट चिप्लिएर ७०० फिट गहिरो खोचमा खस्दा तीन सैनिक जवानको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सेनाको ट्रक राष्ट्रिय राजमार्ग ४४ मा जम्मुबाट श्रीनगर जाँदै गर्दा बिहान ११:३० बजे ब्याट्री चस्मानजिकै दुर्घटना भएको अधिकारीहरूले बताएका छन्। सेनाका अधिकारीहरूका अनुसार सेना, प्रहरी, एसडीआरएफ र स्थानीय स्वयंसेवक संयुक्त रूपमा तुरुन्तै उद्धारमा खटिए पनि ३ सैनिक घटनास्थलमै मृत फेला परेका हुन्।

अधिकारीहरूका अनुसार दुर्घटनामा सिपाही अमित कुमार, सुजित कुमार र मान बहादुरको मृत्यु भएको हो। दुर्घटनामा परेको गाडी धातुको थुप्रोमा परिणत भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
2
+1
0

ताजा समाचार