एटिएम तोडफोड गर्दै गरेका एक जना पक्राउ

२०८२ बैशाख २३, मंगलवार

काठमाडौं : काठमाडौंको बालाजुमा एटिएम तोडफोड गर्दै गरेका एक जना पुरूष पक्राउ परेका छन्।

मध्यराति साढे १२ बजे काठमाडौं महानगरपालिका वडा नम्बर १६ बाइपास ओरालोबाट एक जनालाई प्रहरीले पक्रेको हो। कुमारी बैंकको एटिएम तोडफोड गरिरहेको सूचना पछि प्रहरीको टोली खटिएको थियो।

नुवाकोट बिदुर नगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १६ माछापोखरी सडक पेटीमा बस्ने वर्ष २९ को ज्ञानेन्द्र ठकुरीलाइ पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।

ठकुरीले सिमेन्टको ब्लक प्रयोग गरी एटिएम फुटटाएका थिए। उनले मापसे समेत गरेको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार