काठमाडौँ : सशस्त्र प्रहरी बलमा रिक्त एक अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि आठ जना नायव महानिरीक्षकले आवेदन दिएका छन् ।
बढुवा समितिको सचिवालयले गत वैशाख १४ गते सात दिनको समय दिएर आवेदन भर्न आह्वान गरेको थियो । आवेदन भर्नेमा डिआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीसहित ८ जना रहेका छन । अन्य डिआईजीहरुमा लक्ष्मणबहादुर सिंह, प्रदीपकुमार पाल, सशस्त्र प्रहरी बलको पहिलो इन्स्पेक्टर बेसिकका सुरेशकुमार श्रेष्ठ र अञ्जनी पोखरेलले एआईजीको लागि आवेदन दिएका छन् ।
३० वर्षे सेवा अवधिका कारण एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अनिवार्य अवकाश गएसँगै रिक्त एक पदमा बढुवा हुने भएको हो ।





