अमित अग्रवाल स्वयम्भूबाट पक्राउ

२०८२ बैशाख २३, मंगलवार

काठमाडौं : बैंकिङ कसुरको मुद्दामा एक करोड ५० लाख रुपैयाँ जरिवानाको फैसला सुनाइएका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३० बस्ने ४७ वर्षीय अमित अग्रवाल छन् । उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले स्वयम्भूबाट मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका अग्रवाललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा बुझाइएको परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताए ।

उनीविरुद्ध २२ जेठ २०८० मा बैंकिङ कसुरको मुद्दामा ३० दिन कैद र एक करोढ ५० लाख जरिवानाको फैसला भएको थियो । २१ असार २०८० मा चेक अनादार मुद्दामा तीन हजार जरिवानाको फैसला सुनाइएको थियो । २४ फागुन २०८० मा चेक अनादारकै चार हजारको फैसला सुनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार