घरमा नभई लाँकुरी भन्ज्याङको टेरेस रिसोर्टमा लडेका थिए प्रचण्ड

२०८२ बैशाख २४, बुधबार

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरीभञ्ज्याङस्थित टेरेस रिसोर्टमा लडेको पाइएको छ ।

उच्च स्रोतकाअनुसार प्रचण्ड सहितका व्यक्ति मंगलबार टेरेस रिसोर्टमा रात बिताउने गरी गएका थिए । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दियो । प्रचण्ड हिजो आफ्ना परिवार र आफन्तसहित एउटा वैवाहिक कार्यक्रमका लागि उक्त रिसोर्ट गएका थिए । त्यही रिसोर्टमा उनले रात बिताएका हुन् ।

उनी मध्यरात लडेपछि तुरुन्तै मेडिसिटी अस्पताल ल्याइएको स्रोतले बतायो । प्रचण्डको टाउकोमा टाँका लगाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार