विवाहको अवसरमा आइएमई लाइफको बीमा पोलिसी उपहार

२०८२ बैशाख २४, बुधबार

काठमाडौं : आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गैडाकोट उप–शाखाकी अभिकर्ता कसिष भण्डारीले आफ्नो शुभ विवाहको अवसरमा बीमा पोलिसी उपहार पाएकी छन् ।

उनले आफ्नो कम्पनी आइएमई लाइफ परिवारबाट बैशाख २२ गते भएको विवाहको अवसरमा बीमा पोलिसी उपहार पाएकी हुन् । गैडाकोट शाखाकै २०२६ को एमडीआरटी उपाधि प्राप्त गरेकी लक्ष्मी पाण्डे तथा तेज नारायण पाण्डेका सुपुत्र सम्भव पाण्डेसँग उनको विवाह सम्पन्न भएको हो । सो शुभ अवसरमा आइएमई लाइफ परिवारका साथीहरूबाट पाँच लाख रुपैयाँको बीमा पोलिसी उपहार स्वरूप प्रदान गरिएको जनाइएको छ ।

नगद र जिन्सी सामान उपहार दिनु भन्दा जीवन बीमालेख उपहार दिँदा जिन्दगी भर उपयोग आउनुको साथै सुरक्षित बचत र दीर्घकालीन बचतमा प्रोत्साहन मिल्ने भएकाले सो उपहार दिएको आइएमई लाइफ परिवारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार