काठमाडौं : भारतीय रक्षामन्त्री राजनाथ सिंहले भारतीय सेनाले सटिकता, सतर्कता र संवेदनशीलताका साथ पाकिस्तानविरुद्ध कारबाही गरेको बताएका छन्।
सीमा सडक सङ्गठनको स्थापना दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शनमा भारतीय सेनाले सबै भारतीयहरूलाई गौरवान्वित बनाएको छ,’ उनले भने, ‘सेनाले निर्धारित लक्ष्यहरूलाई सटीकताका साथ र योजनाबद्ध रूपमा नष्ट गर्यो।’
उनले भारतीय सेनाले नयाँ इतिहास रचेको पनि बताए। रामायणको अशोक वाटिका प्रकरणको उल्लेख गर्दै उनले सेनाले हनुमानको आदर्शलाई पछ्याउने गरेको बताए। ‘हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मार्यौँ,’ उनले भने।





