नेविसंघका ६ जना नेता साधारण सदस्यसमेत नरहने गरी निष्कासित

२०८२ बैशाख २५, बिहीबार

काठमाडौँ : नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) ले ६ जना नेताहरूलाई निष्कासित गरेको छ ।

नेविसंघले केन्द्रीय सदस्यहरु अशोक सिंह बिष्ट, विजय शाह (अनुराग), जितेन्द्र तिमिल्सिना, शैलेन्द्र उपाध्याय, हिमेन्द्र शर्मा र शेखर रोकायलाई कारबाही गरेको हो ।

आरआर क्याम्पस स्ववियू अनेरास्ववियुसँग मिलेर निर्विरोध गराउन भूमिका खेलेका उनीहरूलाई दुजाङले स्पष्टीकरण सोधेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार