समृद्धिको जिम्मेवारी युवाको काँधमा : शंकर पोखरेल

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली जनतालाई खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी  युवा वर्गको काँधमा रहेको बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको पोखरामा आगामी जेढ ९ देखि ११ गतेसम्म हुने दशौ महाधिवेशनको पूर्व सन्ध्यामा बिहिबार पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै उनले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताए । नेकपा एमालेले पार्टीका सवै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाई रहेको बताउँदै उनले यसबाट नयाँ चिन्तन भएका युवा पुस्ताको विकास हुने विश्वास व्यक्त गरे ।

कृषिलाई आधुनिक एवं प्रविधिमैत्री बनाउँदै युवा वर्गको आकर्षण बढाउनु पर्नेमा उनको जोड थियो । मुलुकमा राजनीतिक अस्थिरताको कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भने देशलाई अव राजनीतिक स्थायित्वको दिशामा अघि वढाउन राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक छ ।

मुलुकको समग्र विकासको पक्षमा उभिएको कारण अहिले एमाले माथि चौतर्फी आक्रमण भएको वताउँदै उनले एमाले सरकारमा आएपछि रोकिएका विकास निर्माणका काम अघि वढेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार