तीनकुने घटनामा पक्राउ परेकाहरूलाई छाड्न कमल थापाको माग

२०८२ बैशाख २८, आईतवार

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले तीनकुनेको हिंसात्मक राजावादी प्रदर्शनपछि पक्राउ परेकाहरू रिहा गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रवादी देशभक्त जनता नामक संगठनले ललितपुरमा गरेको रिले अनशनमा पुगेका थापाले घटनाको आवरणमा सरकार प्रतिसोध लिइरहेको भन्दै रिहाको माग गरेका हुन्।

थापाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत प्रहरी हिरासतमा रहेकाहरू आस्थाको बन्दी रहेको पनि दाबी गरे। थापाले अभिव्यक्ति स्वतन्त्रता र बिना हतियार भेला हुन पाउने अधिकारको उपयोग गर्दा सरकारले पक्राउ गरि झुटा मुद्दा लगाएको टिप्पणी गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार