टिनको प्रस्ताव : रुस-युक्रेनबिच इस्तानबुलमा प्रत्यक्ष वार्ता

२०८२ बैशाख २८, आईतवार

काठमाडौँ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार युक्रेन र युरोपेली नेताहरूले सोमबारदेखि बिना शर्त ३० दिने युद्धविरामको माग गरेको केही घण्टापछि मे १५ मा इस्तानबुलमा युक्रेनसँग प्रत्यक्ष वार्ताको प्रस्ताव राखेका छन्।

युक्रेन, बेलायत, फ्रान्स, जर्मनी र पोल्यान्डका नेताहरूले शनिबार किभ मा रुसले प्रस्ताव स्वीकार नगरे मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने र युक्रेनलाई सैन्य सहयोग गर्ने चेतावनी दिएका थिए।

क्रेमलिनमा शनिबार राति ११ बजेपछि दिएको बयानमा पुटिनले युक्रेनको आह्वानलाई प्रत्यक्ष सम्बोधन नगरी रुस–युक्रेन वार्ताका लागि नयाँ प्रस्ताव राखे।

‘हामी किभ का अधिकारीहरूलाई सन् २०२२ मा रोकिएको वार्ता पुनः सुरु गर्न प्रस्ताव गर्छौं, यो वार्ता कुनै पूर्वशर्तबिना हुनुपर्छ,’ उनले भने। रुसी र युक्रेनी वार्ताकारहरूले द्वन्द्वको पहिलो हप्तामा इस्तानबुलमा प्रत्यक्ष वार्ता गरेका थिए, तर लडाइँ रोक्न सहमत हुन सकेनन्। त्यसयता द्वन्द्व जारी छ।

‘हामी मे १५ मा इस्तानबुलमा तत्काल वार्ता सुरु गर्न प्रस्ताव गर्छौं,’ पुटिनले भने। उनले वार्तालाई सहज बनाउन टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग चाँडै कुरा गर्ने बताए।

उनले ‘युक्रेनसँग गम्भीर वार्तामा प्रतिबद्ध’ रहेको र ‘द्वन्द्वका मुख्य कारणहरू हटाएर दीर्घकालीन शान्ति कायम गर्न’ चाहेको बताए।रुसले ‘द्वन्द्वका मुख्य कारणहरू’ भन्दा किभ र पश्चिमसँगका आफ्ना गुनासोलाई जनाउँछ, जसलाई मस्कोले सन् २०२२ फेब्रुअरीमा आक्रमणको औचित्यका रूपमा प्रस्तुत गरेको थियो।

यसमा युक्रेनलाई ‘डि–नाजिफाई’ गर्ने, पूर्वी युक्रेनमा रुसी भाषीहरूको रक्षा गर्ने, नाटो विस्तार रोक्ने र युक्रेनको पश्चिमतर्फको भूराजनीतिक प्रभावलाई रोक्ने कुरा समावेश छन्।

किभ र पश्चिमले रुसको आक्रमणलाई साम्राज्यवादी भूमि कब्जा मात्र भएको भन्दै यी सबै दाबीलाई अस्वीकार गरेका छन्। रुसको आक्रमणपछि हजारौंको मृत्यु भएको छ भने लाखौं मानिस घर छोड्न बाध्य भएका छन्। ‘हामी यो वार्तामा नयाँ युद्धविरामको सम्भावनालाई अस्वीकार गर्दैनौं,’ पुटिनले भने।

उनले युक्रेनका पश्चिमी समर्थकहरूलाई ‘रुससँग युद्ध लम्ब्याउन चाहेको’ आरोप लगाए र ३० दिने युद्धविरामको युक्रेन–युरोपेली प्रस्ताव उल्लेख नगरी युरोपेली ‘अल्टिमेटम’ र ‘रुसविरोधी बयान’ को आलोचना गरे। एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार