काठमाडौं : सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आवको चैत मसान्तसम्म कम्पनीले ३३ करोड ७६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.७७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३० करोड ४८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा १२.२१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब २७ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो ।
चैत मसान्तसम्म कम्पनीले ४ अर्ब ६५ करोड १६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत आवको तुलनामा १५.८८ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ४ अर्ब १ करोड ४१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा ३० करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ३६ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३० करोड ९९ लाख रुपैयाँ सञ्चिती रहेको छ ।
कम्पनीको जीवन बीमा कोषमा १७ अर्ब ८१ करोड ४८ लाख रुपैयाँ रहेको छ। यो गत आवको सोही अवधिको तुलनामा ४४.२४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब २६ करोड ५६ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको प्रतिसेयर आम्दानी ८.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११०.६० रुपैयाँ, पीई रेसियो ४६.०३ गुणा रहेको छ ।





