युवती बलात्कार आरोपमा दाजुभाइ पक्राउ

२०८२ बैशाख २८, आईतवार

धनगढी : कैलालीमा एक जना युवतीमाथि बलात्कार गरेको आरोपमा सहोदर दाजुभाइ पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कैलालीको एक गाउँपालिका घर भएकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सोही ठाउँका ५८ र ५३ वर्षीय दाजुभाइ पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दका अनुसार आरोपित दाजुभाइले स्पष्ट बोल्न नसक्ने ती युवतीमाथि जबरजस्तीकरणी गरेको उजुरी परेको थियो ।

सोही उजुरीको आधारमा अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिएको उनले बताए । डीएसपी चन्दका अनुसार पीडित महिलाले गर्भ जाँच गरेको र सो क्रममा आफू गभर्वती रहेको बताएकी छन् । ती युवतीले आफूमाथि दाजुभाइले पटक-पटक जबरजस्तीकरणी गरेको उजुरी दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार