बस दुर्घटना हुँदा २१ जनाको मृत्यु

२०८२ बैशाख २९, सोमबार

काठमाडौं : श्रीलंकामा बौद्ध धर्मावलम्बी चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । १४ जना गम्भीर घाइते भएका छन् ।

करिब ७० जना सवार उक्त बस मध्य तीर्थस्थल कातारागामाबाट पहाडी क्षेत्र कोटमाले हुँदै कुरुनेगाला शहर जाँदै गर्दा आइतबार बिहान भीरबाट खसेको थियो । दुर्घटनास्थलमा १५ जनाको र अस्पतालमा उपचारको क्रममा ६ जनाको मृत्यु भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्रीलंकामा बर्सेनि औसत तीन हजार सवारी दुर्घटना हुने गरेका छन् । श्रीलंकाका सडकहरू संसारमै सबैभन्दा खतरनाक सडकमध्ये पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार