बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की

२०८२ बैशाख २९, सोमबार

काठमाडौं : युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने बारेमा छलफल गर्न बिहीबार टर्कीको इस्तानबुलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘व्यक्तिगत रूपमा’ वार्ता गर्न तयार रहेको बताएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा रुससँग प्रत्यक्ष वार्ताको प्रस्ताव स्वीकार गर्न युक्रेनलाई माग गरेपछि उनले यो बयान दिएका हुन्। ‘अब अरू ज्यान गुमाउनुको कुनै अर्थ छैन। म आफैँ बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु,’ जेलेन्स्कीले एक्समा लेखे।

जेलेन्स्कीले पहिले नै युक्रेन रुससँग वार्ता गर्न तयार रहेको तर यसको लागि पहिलो सर्त भनेको पहिले युद्धविराम लागू हुनुपर्ने स्पष्ट गरिसकेका छन् । पुटिनले प्रत्यक्ष वार्ताको प्रस्ताव गरेपछि ट्रम्पले आइतबार सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेका थिए, ‘युक्रेनले यो प्रस्ताव तुरुन्तै स्वीकार गर्नुपर्छ, ताकि शान्ति सम्झौताको सम्भावना छ कि छैन भन्ने कुरा स्पष्ट होस्।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार