पानी र रगत सँगै बग्न सक्दैन : मोदी

२०८२ बैशाख २९, सोमबार

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पानी र रगत कहिल्यै सँगै बग्न नसक्ने भन्दै आतंकवादलाई संरक्षण नगर्न पाकिस्तानलाई चेतावनी दिएका थिए।

सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले भने ‘आतंक र वार्ता सँगै रहदैन, आंतक र व्यापार सँगै अघि बढ्न सक्दैन, पानी र रगत पनि कहिल्यै सँगै बग्न सक्दैन ।’

चार दिनको दोहोरो हमालापछि भएको युद्धविरामको सन्दर्शमा मोदीले राष्ट्रको नाममा सम्बोधन गरेका हुन्। उनले आतकंवाद नै पाकिस्तानको ध्वंसको कारण हुने चेतावनी दिए। ‘पाकिस्तानको सेना र पाकिस्तानको सरकारले जसरी आतंकवादलाई हुर्काउने काम गर्दै आएका छन्, एक दिन यसले पाकिस्तान आफैंको ध्वंस गर्नेछ,’ उनले भने,‘यो युद्धको युग होइन, साथै आतंकवादको पनि युग होइन ।’

पाकिस्तानविरुद्धको अप्रेसन सिन्दूर सफल भएको भन्दै उनले सुरक्षाकर्मीको प्रशंसा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार