‘प्राधिकरणले गर्मीको बेला सूचनाबिना लाइन काट्यो’

२०८२ बैशाख ३०, मंगलवार

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)की सांसद नारायणी शर्माले नेपाल विद्युत् प्राधिकरणले जनतालाई सूचना नदिई पटक–पटक लाइन काट्न थालेको भन्दै आपत्ति जनाएकी छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले गर्मीको समयमा सूचनाबिना लाइन काट्दा जनता आहत भइसकेको बताइन् ।

जनताको जीवनमाथि खेलबाड नगर्न उनले प्राधिकरणलाई आग्रह गरिन् । सांसद शर्माले प्राधिकरणलाई लाइन नियमित दिन रुलिङ गर्न सभामुखसँग माग गरिन् । ‘लाइन नियमित दिइयोस् भनेर सभामा प्राधिकरणलाई रुलिङ गरियोस् भन्ने माग गर्न चाहन्छु,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार