गभर्नर सिफारिस समितिमा पोषराज पाण्डे नियुक्त

२०८२ बैशाख ३१, बुधबार

काठमाडौं : सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्न बनाइएको सिफारिस समितिमा अर्थविद् डा. पोषराज पाण्डेलाई नियुक्त गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त स्थानमा उनलाई नियुक्त गरेको एक मन्त्रीले हाम्रोदेशलाई जानकारी दिए। विश्व पौडेलले समितिबाट राजीनामा दिएपछि एक स्थान रिक्त थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार