हुन्डीको १३ लाख ५० हजारसहित एक जना पक्राउ

२०८२ जेष्ठ १, बिहीबार

काठमाडौँ : प्रहरीले रुपन्देहीबाट हुण्डी कारोबारमा संलग्न एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मर्चवारी–८ घर भएका निदेश बानियाँ छन् । आरोपीको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार बरामद गरिएको रुपन्देहीका एसपी प्रदीप क्षेत्रीले बताए ।  १ हजार र ५ सयको नोट सहित उनी सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट पक्राउ परेका हुन् ।

आरोपीबारे अनुसन्धान भइरहेको एसपी क्षेत्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार