महिमानसिंह विष्ट थप दुई दिन हिरासतमा रहने

२०८२ जेष्ठ १, बिहीबार

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउको विषयमा थुनामा रहेका सर्वोच्च अदालतका अधिकृत महिमानसिंह विष्टमाथिको अनुसन्धान लम्बिएको छ

उनलाई अदालतले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले लिखत किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ। चौधरीलाई पक्राउ गरेर कैदमा राख्न प्रहरी र डिल्लीबजार कारागारलाई पत्र लेखेपछि उनलाई सर्वोच्चकै आदेशमा प्रहरीले वैशाख १७ गते नियन्त्रणमा लिएको थियो।

पत्रलाई पनि सर्वोच्च अदालत प्रशासनले ‘अनधिकृत’ भनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार