रवि लामिछानेविरुद्धको मुद्दा आज पनि ‘हेर्दाहेर्दै’ मा

२०८२ जेष्ठ २, शुक्रबार

पोखरा : सूर्यदर्शन सहकारी ठगीको मुद्दामा उच्च अदालत पोखरामा दोस्रो दिन पनि सुनुवाइ सकिएन ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलगायतविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। जिल्ला अदालत कास्कीले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त धरौटी बढी भएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

यस्तै सरकारी वकिल पनि लामिछानेलाई थुनामै राख्न पर्ने माग गर्दै उच्च अदालत पुगेपछि दुवै निवेदनमाथि एकसाथ सुनुवाइ अगाडि बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार