अष्ट्रेलियाबाट एक नेपाली निष्कासित

२०८२ जेष्ठ २, शुक्रबार

काठमाडौं : अष्ट्रेलियाले एक नेपालीलाई निष्कासन गरेको छ।

गैरकानुनी रूपमा बस्दै आएका ती नेपालीलाई अष्ट्रेलियाको अध्यागमनले निष्कासन गरेको हो। निष्कासनमा पर्नेमा पाण्डे थरी एक जना रहेका छन्। उनलाई बिहीबार काठमाडौं फर्काइएको हो।

पोसपोर्ट नै नभएपछि अष्ट्रेलियाको अध्यागमनले क्यानबेरास्थित नेपाली दूतावाससँगको समन्वयमा नेपाल फर्काइएको हो। अष्ट्रेलिया नेपाली युवाहरूको प्रमुख वैदेशिक गन्तव्यको रूपमा रहेको छ। वर्षेनि हजारौं नेपाली युवाहरू अष्ट्रेलिया पुग्ने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार