घट्यो सुनको मूल्य

२०८२ जेष्ठ ३, शनिबार

काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएको थियो। सोमबार छापावाल सुनको मूल्य ३७ सय रूपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रूपैयाँ कायम भएको थियो।

फेरि मंगलबार छापावाल सुनको मूल्य २ हजार रूपैयाँले घटेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेर १ लाख ८५ हजार ३ सय रूपैयाँ कायम भयो। बिहीबार फेरि छापावाल सुनको मूल्य ३५ सय रूपैयाँले घटेर १ लाख ८१ हजार ८ सय रूपैयाँ कायम भएको थियो।

शुक्रबार छापावाल सुनको मूल्य ३ हजार रूपैयाँले बढेर १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा ५७०० रुपैयाँले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
1
+1
1
+1
0
+1
1

ताजा समाचार