देउवाले फेरी भने: ओली जी दुख पाएकै व्यक्ति हुन्, गठबन्धन बाध्यता हो

२०८२ जेष्ठ ३, शनिबार

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘गठबन्धन सरकार’ बाध्यता भएको बताएका छन्। प्रजातान्त्रिक विचार समाजले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै संविधानले अङ्गीकार गरेको व्यवस्थाले बहुमत आउन नसकेकाले गठबन्धन बाध्यता रहेको बताएका हुन्।

‘हाम्रो देशको जो संविधान छ, यो समानुपातिक आधारमा समावेशी छ। सबै आदिवासी, जनजाति, दलित, मधेसी, मुस्लिमको प्रतिनिधित्व संसदमा भएको छ,’ सभापति देउवाले भने, ‘तर कसैको पनि बहुमत पुग्न गाह्रो हुन्छ हेर्नुस्। हाम्रो पार्टी सबैभन्दा ठुलो छ तर बहुमत छैन।’

गठबन्धन बाध्यता रहेको उनले बताए। उनले भने, ‘त्यस कारण बहुमत नपुग्दा कसै न कसैसँग गठबन्धन सरकार बनाउनुपर्ने बाध्यता र आवश्यकता छ।’

अहिलेका बेला कांग्रेस–एमालेसँग सरकार रहेको बताउँदै सभापति देउवाले भने, ‘ओली जी पनि दुख पाएकै व्यक्ति हो, जेलमा हामी सँगै बसेका थियौँ। गोलघरमा राखेको थियो।’ हरेक सरकारका कमीकमजोरी हुनै नसक्ने भन्ने नभएको बताउँदै देउवाले त्यसमा सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
0

ताजा समाचार