काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले घटेर १ लाख ८४ हजार २ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९४५ रूपैयाँ कायम भएकोमा आज पनि सोही मूल्य कायम भएको छ ।





