सप्तरीमा चट्याङ लागेर ७ वर्षीय बालकको मृत्यु, अर्का बालक घाइते

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौँ : सप्तरीमा चट्याङ लागेर सात वर्षीय एक बालकको मृत्यु भएको छ। हावाहुरीसँगै शनिबार परेको चट्याङ लागेर भारतीय नागरिक जहिद खानका सात वर्षीय छोरा जेनव खानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

चट्याङबाट घाइते गम्भीर घाइते भएका बालकको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। चट्याङ लागेर स्थानीय गुलु खानका पनि सात वर्षकै छोरा जुबिर घाइते भएका छन्। उनको छिन्नमस्ता अस्पताल राजविराजमै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार