रसुवाबाट साढे ७ किलो सुन बरामद

२०८२ जेष्ठ ४, आईतवार

काठमाडौं : रसुवाबाट काठमाडौं ल्याउन लागिएको अवस्थामा आइतबार ठूलो परिमाणमा सुन बरामद भएको छ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलका अनुसार रसुवागढी नाकाबाट कन्टेनरमा ल्याइरहेको अवस्था जिल्ला प्रहरी कार्यालयको टोलीले सुन बरामद गरेको हो। ‘सुन फल्स बटम बनाएर लुकाएर ल्याइँदै थियो’, उनले भने।

बरामद सुन र कन्टेनर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो। बरामद सुन नापजाँच गर्न भन्सार कार्यालयमा पठाइएको प्रजिअ पौडेलले जानकारी दिए। ‘चालकलाई भने जिल्ला प्रहरीको नियन्त्रणमा राखिएको छ’, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार