विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि सरकारले केही गर्न सकेन भनिरहेका छन् : प्रमुख सचेतक बर्तौला

२०८२ जेष्ठ ५, सोमबार

काठमाडौँ : सत्ताको नेतृत्वकर्ता नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विपक्षीले ‘पब्लिक कन्जम्सन’का लागि वर्तमान सरकारले केही गर्न सकेन भन्ने भ्रम फैलाइरहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले कांग्रेस र एमालेको सरकार भएकाले मुलुकमा विकास हुन नसकेको अभिव्यक्ति विपक्षी दलका नेताहरूले दिइरहेको बताए ।

‘कांग्रेस र एमालेको सरकार भएकाले मुलुकमा विकास हुन सकेन भन्ने काम भइरहेको छ । हामी सरकारमा भएको भए के के गथ्यौँ । भन्ने अभिव्यक्ति संसद्मा र सार्वजनिक कार्यक्रममा आइरहेका छन्,’ प्रमुख सचेतक बर्तौलाले भने, ‘पब्लिक कन्जम्सनका लागि यस्ता कुरा विपक्षीहरूले उठाएका हुन् । उहाँहरू सरकारमा रहँदा केके भएका थिए, त्यो हामीले पनि देखेका हौँ । जनतामा कति निराशा थियो, त्यो निराशालाई चिन सरकारले काम गरिरहेको छ ।’

सांसदहरूले निर्वाचनमा जनतासँग गरेका बाचालाई पूरा गर्न आफ्नो विकास क्षेत्रमा योजना पार्न पहल गर्नु अस्वाभाविक नभएको बर्तौलाको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार