सुनको मूल्यमा भारी वृद्धि, कति पुग्यो ?

२०८२ जेष्ठ ७, बुधबार

काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ५ हजार रुपैयाँले बढेको छ ।

मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रूपैयाँ कायम भएकोमा आज ५ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ४० रूपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले बढेर १ हजार ९ सय ९० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
2
+1
0
+1
1
+1
0

ताजा समाचार