काठमाडौँ : चितवनको गाईघाटमा दुई ट्रक एकआपसमा ठोकिँदा ७ जना घाइते भएका छन्।
आज बिहान नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना ६ ख ९८९७ नम्बरको ट्रक आपसमा ठोकिएका हुन्। चितवनको भरतपुर महानगरपालिका-२९, गाईघाटमा भएको दुर्घटनामा दुवै ट्रकका चालकसहित ७ जना घाइते भएको चितवन प्रहरीले जानकारी दिएको छ।
घाइतेहरूलाई भरतपुरका विभिन्न अस्पतालमा लगिएको छ। घाइतेहरूको पहिचान खुल्न बाँकी छ।





