शक्तिशाली भूकम्पको धक्का

२०८२ जेष्ठ ८, बिहीबार

काठमाडौँ : ग्रिसको क्रेटेमा ६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेजका अनुसार भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको छ । जेएफजेका अनुसार भुँइचालोको केन्द्रबिन्दु जमिनबाट ७७ किमि मुनि थियो । सुनामीको खतरा कायमै रहेको बताइएको छ । भूकम्प र तटीय रेखाबिचको दूरीको आधारमा सय किमिदेखि हजार किमिभन्दा बढीको क्षेत्रसम्म पनि सुनामी  आउन सक्ने बताइएको छ ।

भूकम्पको तीव्रताबारे फरक फरक कुरा आइरहेका छन् । ग्रिसको इन्स्टिच्युट अफ जियोडाइनामिक्सले भूकम्पको ६ दशमलव १ तीव्रताको भएको बताएको छ । उता ईएसएमसीले भने यो ६ दशमलव ३ तीव्रताको थियो भनेर भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार